( उज्यालो ९० नेटवर्कको कार्यक्रम 'युवा आवाज' मा प्रसारित मेरो कविता जसलाई अच्युत घिमिरे बुलबुल ले आवाज दिनुभएको थियो । ) कविता : हामी छोरी उफ् हामी छोरि फगत जन्मिए झै लाग्छ र लाग्छ - पुरुषवादिको प्यास मेटाउन जन्मिएका हौ हामि यदी होइन भने किन लादिन्छन् - उनिहरुको आदेश हामी माथि उनिहरुको इच्छा हामी माथि अनी उनिहरुकै मनपरी हामीमाथी चुपचाप सहनु पर्ने रे हामि प्रतिवाद गरे - पोथी बासेको सुहाउदैन् भन्छन् हामी रहरले होइन बाध्यताले जान्मिन्छौ आमा बाको शिरमा पिरको भारी बोकेर जन्मिन्छौ अनी जन्मिन्छौ पराइ घरको वंश चलाउने दायित्व बोकेर भित्र “‘च्या च्या” मैले पहिलो आवाज निकाल्दा बाहिर पिडिमा बसेका बा’ले पुर्पुरोमा हात लगाउछन् र भन्छन् - पिरको भारी थपियो मेरो हामिले सानैदेखी - दैलोकुचो गर्न सिक्नुपर्छ घासदाउरा गर्न सिक्नुपर्छ् र सिक्नुपर्छ मेलापात गर्न हामी आखाँ जुधाएर बोल्नु हुँदैन् कसैसँग चर्को स्वरले बोल्नु हुँदैन कसैसँग र बोल्नु हुँदैन् अरुसामु जानेको कुरा अघी सरेर पनि हामी त फूल हौ फकृन पाउनुपर्छ खुला बगैचामा तर यहाँ त कैद गरेर राखिन्छ घरको सिमित घेराभित्र र बन्धक बनाइन्छ पिंजडाको चरिला...
महिना मंसिरको छ। सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् नवविवाहित दम्पतिका फोटा। उसैगरी भेटिन्छन् म्यारिज एनिभर्सरी मनाउने पनि। हिजोआज मलाई फेसबुक खोल्नै मन लाग्दैन। मुहारपुस्तिकाको भित्ताभरि टाँसिएका नव दम्पतिका तस्बिरले आफैंलाई गिज्याएझैं लाग्छ। एकदिन बेलुकापख आमाले फोन गर्नुभयो। मंसिरे गुनासो पोख्नुभयो। त्यस्ता गुनासा यस अगावै पनि कैयौं पटक स्पर्श गरिसकेका छन् मेरा कानले र गरेका छन् सुने नसुने झैं पनि। 'अस्ट्रेलियाबाट बिहेकै लागि आएको रे। कुलघरानको केटो। घर बुटवल। एक्लो छोरो। दिदी बहिनी २ वटी। घरजम भैसकेका। कुरो आको छ के गर्छेस्?' आमाले एकै श्वासमा भन्नुभयो। मैले उत्तर दिन नपाउँदै थप्नुभो -तैं एउटी छस् अब बाँकी। एउटाको जिम्मा लगाइदिन पाए ढुक्कहुन्थ्यो। हुन त तँ आफै बुझ्नेछस् त्यै पनि आमाको मन हो पिर लाग्दो रैछ। जमाना यस्ता छन् कसैले बात लगाइदिन्छ कि भन्ने डर हुँदो रैछ। तँलाई सम्झिदा सम्झिदै उजेलो हुन्छ कहिलेकाँही। कहिलेकाही सोच्दा सोच्दै अघाउँछु, खान मन लाग्दैन। राम्रो कुरो छ। एकपटक विचार गरेस्। केहीबेर सन्नाटा छायो। सन्नाटालाई छिचोल्दै बोलें- बुझ्दैमा केही भएन क्...